site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले राष्ट्रियसभामा १९ पदमै उमेदवारी दिने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा १९ वटा पदमा नै उमेदवारी दिने बताएका छन् ।

आजको सचिवालय बैठकले १९ वटै पदका उमेदवारका विषयमा छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन । माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ । एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो । 

स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेका छन् । 

“हामीले त्यसरी प्रस्ताव गरेका पनि छैनौँ,” ओलीले बैठकमा भनेका छन्, “प्रस्ताव आएको पनि छैन ।” 

ती नेताका अनुसार १९ वटा पदमा नै एमालेले उमेदवार उठाउनेछ । आज छलफल भए पनि उमेदवार भने टुंगिएको छैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro