राजनीति
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । काठमाडौंको होटेल याक एन्ड यतीमा बैठक बसेको हो ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल र भारतका निम्ति नेपाली राजदूत शंकर शर्मा सहभागी छन् । भारतीय पक्षबाट विदेशमन्त्री एस जयसंकर, विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका निम्ति भारतीय रातदूत नवीन श्रीवास्ताव सहभागी छन् ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको टोली आजै बिहान नेपाल आइपुगेको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८० १३:१७
प्रतिक्रिया दिनुहोस्