site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । वीर अस्पतालमा आउने बिरामीका लागि खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ ।

पोखरेलले रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको दाबी गरेका छन् । 

रिटमा सरकारले आर्थिक वर्ष ०७९/८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेको तर आर्थिक वर्ष ०८०/८१ मा ७३ करोड एकलाख मात्र विनियोजन गरेको उल्लेख छ ।

उनले यसअघि बिरामीका लागि दुईपटकको खाना र दुईपटकको खानाका लागि गत आर्थिक वर्षमा तीन करोड ६५ लाख ३१ हजार विनियोजन भएको तर यसपटक त्यो बजेट पूरै कटौती गरिएको दाबी गरेका छन् ।

१३७ वर्षदेखि दिइँदै आएको रासन र अक्सिजनको सुविधा खोसेर सरकारले अमानवीय काम गरेको उनको दाबी छ ।  रिटमा अन्यत्र अस्पतालमा उपचार नपाएको गरिब र निमुखाले उपचार गराउने वीर अस्पतालमा दिइँदै आएको रासन र अक्सिजनको सुविधा कटौती गरेर सरकारले संविधानको मौलिक हकलाई चुनौती दिएको पनि दाबी गरिएको छ । 

रिटमा वीर अस्पतालका बिरामीको खाना र खाजा सुविधासँगै अक्सिजन आपूर्ति पनि कुनै पनि बेला रोकिने र त्यसले भयाबह अवस्था निम्त्याउने भन्दै अन्तरिम आदेशको माग गरिएको छ ।

साथै वीर अस्पतालका बिरामीलाई दिइँदै आएको सुविधा कटौती नगर्न परामादेश पनि मागिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro