site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘ग्राउन्ड ह्यान्डलिङ’को कुरा नउठाउन कर्मचारीलाई मन्त्री किरातीको निर्देशन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’का विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव समारोहमा उनले ग्राउन्ड ह्यान्डलिङका विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि जनाए । ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको उनले स्पष्ट पारे । उनले कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए ।

उनले ग्राउन्ड ह्यान्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरूको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिएका हुन् । देशलाई वायुसेवा निगम चाहिने र त्यसलाई बचाउन ग्राउन्ड ह्यान्डलिङ आवश्यक पर्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्मचारीले यो विषय उठाए नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उनको भनाइ छ । यो कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत उनले दिए ।

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत खनिए । उनले कर्मचारीले धेरै नीतिगत कुरा गरेको उल्लेख गरे । भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भन्दै उनले व्यंग्य गरे ।

Global Ime bank

नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने उनले बताए । नेतृत्वले बनाएको नीतिमा कर्मचारी हिँड्नुपर्नेमा उनले जोड दिए । उनले कर्मचारीलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिए ।

“नीतिको प्रश्न धेरै उठाउनुभयो । लामो भाषण गर्नुभयो । म त झुक्किएँ पनि, प्रधानमन्त्री पो आएर बोल्नुहुँदो रहेछ ! पटक–पटक उहाँलाई हेरेँ । तर, उहाँ त प्रधानमन्त्री होइन,” उनले भने, “नीतिको कुरा प्रधानमन्त्री, मन्त्री, नेतृत्वले चिन्ता गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरू, कर्मचारीहरू हिँड्न सक्नुपर्छ ।

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीन तत्कालीन कार्याभार रहेको बताए । यात्रुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उनले उल्लेख गरे । उनले ईयूले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताए । यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उनको भनाइ छ ।

उनले न्यूनतम साधनस्रोतको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा निर्माण गरिने पनि उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय