site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सम्मानित आदेश
Sarbottam CementSarbottam Cement

आफ्नै घरभित्रबाट मालिकको कठालो समातेर तान्दै गरेको देखेर मूलढोकाले घृणाको भावले हेर्दै भन्यो– थुक्क, बेमान ! यत्रो विलासी घर बनाइस्, इमानको जग नै रहेन छ, जा अब कालो मुख लगाएर !

उसले बगलीबाट सेतो रुमाल झिकेर आफ्नो मुख छोप्यो र लुरुक्क प्रहरीको भ्यानभित्र पस्यो । भ्यानको कालो सिसामा हेर्यो । अनुहारमा कालो पोतिएको देख्यो ।

उसको अन्तरमनले भन्यो– थुक्क, तेरो बुद्धि ! यत्रो अकुत थुप्रो लागेकै थियो, लोभले गर्दा जात फालिस् गहतको झोलमा !

Prabhu Bank
Agni Group
NIC Asia

नमिठो साइरन बजाउँदै भ्यान दौडियो । उसको कानले यति नजिकैबाट यस्तो कर्कश आवाज कहिल्यै सुनेको थिएन ।

भ्यान एउटा ठूलो गेटभित्र पस्यो र रोकियो, चारैतिर सुरक्षाकर्मी तैनाथ थिए । अभिवादनमा कसैका हात उठेनन् । ऊ झसंग झस्कियो । टाउको निहुराउँदै ओर्लियो । भुईंको खुट्टाले उसको टाउकोतर्फ हेर्दै भन्यो– खै रातो कार्पेट ? थुक्क, तेरो स्वाभिमान !

Global Ime bank

सुरक्षाकर्मीले पाखुरा समातेर भित्र लगे र कुर्सीमा राखेर केरकार गर्दै भने, “ल, अब सबै कालो ओकल्नुस् ।” ऊ ओकल्दै थियो । घाँटीमा केही अड्केको महसुस गर्यो ।

पेटले भन्यो– थुक्क, पापी ! नपच्ने गरी के घिचेछ, घाँटी हेर्नु पर्दैन ?

अनुसन्धान अधिकारी झोला थापिरहेका थिए । ऊ ओकली रहेको थियो । अकस्मात् अधिकृतको मोबाइलमा घण्टी बज्यो, उताबाट कडा आवाज आयो, “सम्मानित ठाउँबाट सम्माननीयको आदेशबमोजिम माननीयज्यूलाई सम्मानपूर्वक सेतो कारमा रातो माला लगाएर मूलढोकामा छोडेर आउनू ।”

(हेटौँडा)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !