अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कागजमा कम्पनी खडा गरेर रेटिङ कम्पनीको मिलेमतोमा सर्वसाधारण ठगिएको बताएका छन् ।
बिहीबारको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
"कम्पनी खडा गर्ने, कागजमा नाफा देखाउने, रेटिङ कम्पनीसँग सेटिङ गर्ने काम भएको छ । सेटिङमा प्रिमियममा आईपीओ जारी भएको छ । बजार बढेको बेला नियामकले नै बदमासी गरेको छ," उनले भने, "अनलाइन प्रणालीबाट कारोबार गर्ने बढेका छन् । यही बेला नियामकले जस्ता पनि कम्पनीलाई सेयर जारी गर्न दिएको छ ।"
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्