site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न 

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संचालक समितिका सदस्यहरू, पूर्वसंचालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ‘कफी टेबल बुक’ पनि सार्वजनिक गरेकोे छ । कार्यक्रममा आफ्ना पूर्वसंचालक समितिका सदस्य एवं पूर्वप्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन गरेको छ ।

बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना बैंकको रहेको जानकारी दिइएको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘फ्रि फोर’ र ‘लगविन’योजना पनि बैंकले सार्वजनिक गरेको छ । 

यही अवसरमा बैंकले काठमाडौं, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहक तथा स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro