
काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले आफू सरकारी सेवाबाट राजीनामा दिने स्थितिमा पुगेको बताएका छन् ।
शुक्रबार राति ट्विटरमार्फत डा. कोइरालाले नचाहेरै राजीनामाको स्थितिमा पुगेको बताएका हुन् । ट्विटरमा उनले आफ्नो काममा 'राजनीतिक हस्तक्षेप' भएकोतर्फ संकेत गरेका छन् । यद्यपि विस्तृतमा बताएका छैनन् ।
"देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै । सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !," उनले ट्विटरमा लेखेका छन् ।
लेखक अमृता लम्सालले गरेको कमेन्टमा जवाफ दिँदै उनले आफूले यस विषयमा 'महामन्त्रीद्वय'सँग पनि कुरा गरेको बताएका छन् ।