site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी
Sarbottam CementSarbottam Cement

पोखरा । मित्रमिल बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

पोखरामा रहेको यस सहकारीले बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीबाट ठगिएको भन्दा ७४४ जना बचतकर्ताले रकम फिर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा २० करोडभन्दा बढी रकम बचतकर्ताले फिर्ता पाउनुपर्ने उल्लेख छ ।

ठगी प्रकरणमा अहिलेसम्म ३१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, पाँच जनामात्रै पक्राउ परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पुर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए । जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो । बिदा लिएर काठमाडौं गएका पराजुली त्यहाँ नरहेको भन्दै पर्वत प्रहरीले जवाफ पठाएको थियो ।

उनी सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा तत्कालीन समयमा रजिस्ट्रार थिए । कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप छ ।

Global Ime bank

मित्रमिलन सहकारीले कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेशभरि फैलिने योजना बनाएको थियो । त्यसकै लागि तत्कालीन रजिस्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि रुष्ट बनेका सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएका थिए । प्रहरी स्रोतका अनुसार त्यसकै आधारमा सहकारी प्रकरणमा उनको पनि संलग्नता रहेको खुलेको हो ।

सहकारी संघसंस्थाको दर्ता, नवीकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार रजिस्ट्रारलाई हुन्छ । त्यही अधिकार दुरुपयोग गरी उनले रकम लिएका थिए ।

हाल हिरासतमा रहेका सहकारीका अध्यक्ष रमण पौडेलले एक पत्रमा पनि उक्त विषय उठान गरेका थिए ।

पत्रमा सहकारीको प्रदेशभरि सेवा केन्द्र र कार्य क्षेत्र बनाउनका लागि रजिस्ट्रारलाई घुस खुवाउन भनी 'अभिषेक काफ्ले (खुमानन्द) र  सञ्जय दाइमार्फत एक करोड २० लाख रुपैयाँ नगदमै रजिस्ट्रार उदयबहादुर पराजुलीलाई दिएको’उल्लेख छ ।

पराजुलीले पछि दुईपटकमा २० लाख र दुई लाख गरी २२ लाख रुपैयाँ फिर्ता गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

सहकारीले २६ करोड अपचलन गरेको प्रतिवेदन

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषण अनुसार यो सहकारीले २६ करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ । रजिस्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।

उक्त प्रतिवेदन प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १९ गते सूचना जारी गर्दै २७ गतेभित्र सहकारी पीडित बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेको थियो । सोही अवधिभित्र ७४४ जनाले पीडित बचतकर्ताका रूपमा जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयमा दिएका हुन् । जाहेरीकर्ता अझै थपिन सक्ने भएकाले दाबी रकम २० करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने प्रहरीको आकलन छ ।

पीडित बचतकर्ताहरूले सहकारी ऐनसम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । 

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी कार्तिक ४ गते नै बैंकिङ कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा थिए । बैंकिङ कसुरबाहेक अब उनीहरूलाई सहकारीको रकम अपचलनको मुद्दा पनि थपिएको छ । अध्यक्ष पौडेल र प्रबन्धकले दर्जनौँ नक्कली खाता र नक्कली युजर आईडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ मा सहकारी सदस्यको बचत ऐन, नियम र विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको मानिने व्यवस्था गरिएको छ । जिल्ला प्रहरीले सहकारीको रकम अपचलन आरोपमा गोपाल खनाल र बुद्धिसागर पौडेललाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । रमण, किरण, गोपाल र बुद्धिसागरसँगै राजु बराल पनि पक्राउ पर्दा हालसम्म हालसम्म सो कसुरमा प्रहरी नियन्त्रणमा हुनेको संख्या ५ भएको छ ।

यो सहकारीको ठगी प्रकरणमा रमण पौडेल, विजय लम्साल, कुशल पौडेल, भीमलाल पौडेल, गोपाल खनाल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछानेविरुद्ध जाहेरी परेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार बिकले जानकारी दिए । 

यसबाहेक जनकराज पौडेल, किरण अधिकारी, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द (अभिषेक) काफ्ले, अर्जुन गिरी, दीपकप्रसाद सुवेदी, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, जीवनाथ पराजुली, उदयबहादुर पराजुली फरार छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC