विदेश
काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान गरेका छन् ।
इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न आह्वान गरेका हुन् ।
स्पेनी प्रधानमन्त्रीले इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्याउन अनुमति दिनुपर्ने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्