site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
देवुलाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

काठमाडौं । नेपाल स्रष्टा समाजले यो वर्षको ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ ।

समाजका उपाध्यक्ष चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले आफ्नो छोराको स्मृतिमा स्थापना गरेको उक्त सम्मानका साथ नगद राशि ११ हजार १११ प्रदान गरिन्छ ।

साहित्यकार एवं समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को नेतृत्वमा बसेको बैठकबाट उक्त निर्णय गरिएको हो । यही पुस १४ गते सो सम्मान प्रदान गरिने जानकारी गराइएको छ ।

कविहरू रमेश शुभेच्छु, महेश पौडेल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली यसअघि यो सम्मानबाट सम्मानित भइसकेका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro