site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्ता छन् प्रस्तावित न्यायाधीश पोखरेललाई सांसदका प्रश्न 

काठमाडौं । प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलको संसदीय सुनुवाइ भएको छ । वरिष्ठ अधिवक्ताका रूपमा अभ्यासरत पोखरेल न्यायपरिषद्‌बाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् । उनले आफू न्यायाधीश भएपछि गर्ने कार्यसम्पादन र न्यायप्रतिको मान्यताका विषयहरू कार्ययोजनाका रूपमा राखेका छन् । उनले धारणा राखिसकेपछि सांसदले प्रश्न सोधेका छन् । 

यस्ता छन् प्रस्तावित न्यायाधीश पोखरेललाई सांसदहरूका प्रश्न 
जर्नादन शर्मा 

बारमा बसेर काम गर्नुभयो, बार र न्यायालय कहिले पुरक, कहिलेकाहीँ प्रतिपक्षी भएर गएको देखेका छौँ, आन्दोलन भएको देखेका छौँ । अब न्यायालयमा जाँदै गर्दा यो अनुभव कसरी लिनुहुन्छ ? समायोजन कसरी होला ? व्यवहारिक जीवनमा पहुँच नहुने मानिसहरू, गरिब तहकाले न्याय पाउन प्रमाण जुटाउन सक्दैन, प्रभाव पार्न सक्दैन, न्यायबाट बञ्चित हुन्छ । यसमा कसरी भूमिका खेल्नुहुन्छ ? 

महेशकुमार बर्तौला 
यहाँको बारेमा कुनै उजुरी छैन । यो राम्रो पाटो हो । न्यायालयमा तटस्थ भूमिका कसरी खेल्नुहुन्छ ? सर्वोच्च अदालतमा मुद्दाको चाङ छ । २८ हजार मुद्दा छन् । नवोदित कानुन व्यवसायीमा विश्वास छैन । नवोदितप्रति न्यायाधीशलाई नरूचाएको गुनासो छ । यसलाई कसरी लिनुहुन्छ ? २८ हजारमध्ये चारदेखि पाँच हजार मुद्दा प्रयोजनहीन मुद्दा  छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? न्यायालयप्रति भरोसा गुमेको छ । वकिलहरू आफैँले बेन्चलाई ठिक फैसलामा गलत गर्न उत्प्रेरित गरेको भन्ने छ नि ? 

रमेशजंग रायमाझी 
१९ अर्ब जरिबाना असुल गर्नुछ भन्नुभयो । यो उठाउन राज्यले किन सकेन ? अदातलको भूमिका यसमा रहन्छ कि रहँदैन ? सदनमा न्यायालयको फैसला वा निर्णयको विषयमा बोल्न पाइँदैन भन्ने छ । सार्वभौम सदनले यसमा कुरा उठाउने अधिकार छ कि छैन ? 

पदम गिरी 
न्यायालयमा स्वच्छता र सुशासन कायम गर्न मूर्त यो यो काम गर्नेछ भन्ने कुरा के छ ? विश्वास दिने आधार के–के छ ? नेपालको न्याय सम्पादन प्रभावित हुन्छ भन्ने छ यसलाई भरोसायोग्य कसरी बनाउने ? तपाईंको उजुरी छैन, तपाईं योग्य देखिनुभयो ? 

रमेश लेखक 
अदालतको गरिमा बढाउने, साउथ एसियामा समयमा न्याय नपाउने समस्या देखिन्छ । दुई, चार वर्षमा परिणाममुखी काममा पुग्न सकिन्छ भन्ने ठोस योजना के छ ? 

देवेन्द्र दाहाल 
टिमवर्क कसरी हुन्छ ? धेरै पेसी तोकिने तर फैसला नआउने स्थिति छ । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? 

इश्वरी घर्ती 
सरकारी वादी मुद्दा र सरकारवादी फौजदारी मुद्दामा अपेक्षित नतिजा आएन भन्ने छ । कारण के होला ? 

इश्वरी देवी न्यौपाने 
सानालाई ऐन ठूलालाई चैन छ । न्यायालयमा आशा मरेको, बिचौलिया हाबी भएको छ । बाउको पालाको उजुरी नातिको पालामा पनि सकिँदैन । यो कसरी अन्त्य गर्ने ?

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro