site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेटोमा सामेल भएपछि फिनल्यान्डसँग समस्या सिर्जना हुने पुटिनको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्ष पश्चिमी सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)मा सामेल भएपछि छिमेकी फिनल्यान्डसँग समस्या सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

फिनल्यान्ड नेटोमा सामेल भएसँगै उत्तरी युरोपको सुरक्षा स्थितिमा ठूलो परिवर्तन भएको छ । रुससँग नेटोको सिमाना एक हजार ३०० किलोमिटर थपिएको छ । नेटोको विस्तारको विरोधमा रहेका पुटिनका निम्ति यो चिन्ताको विषय थियो ।

“तिनीहरू (पश्चिमा) फिनल्यान्डलाई नेटोमा सामेल गराए । फिनल्यान्डसँग हाम्रो कुनै विवाद छैन । २०औँ शताब्दीको मध्यका सबै किसिमका क्षेत्रीय विवाद धेरै पहिले नै समाधान भइसकेका छन्,” आइतबार प्रकाशित एक अन्तर्वार्तामा पुटिनले भनेका छन्, “त्यहाँ कुनै समस्या थिएन, तर अब त्यहाँ समस्या हुनेछ । किनकि, अब हामी लेनिनग्रादलाई सैन्य जिल्ला बनाउनेछौँ र त्यहाँ सैन्य एकाइ थप्नेछौँ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले केही समयअघि पुटिनले युक्रेनमा युद्ध जारी राखेमा अन्ततः नेटो सदस्यमाथि आक्रमण गर्ने र अमेरिकी सेनालाई द्वन्द्वमा तान्न सक्ने टिप्प्णी गरेका थिए । पुटिनले यो तथ्यहीन कुरा भएको र नेटो मुलुकसँग कुनै विवाद नरहेको एवं आक्रमण गर्ने विषय झुटो भएको बताएका छन् । सीएनएनबाट ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro