site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचेक्र्याइँ गर्‍यो : पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शनिबार तेह्रथुममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उनले उल्लेख गरे । उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको बताए । सरकारले हेलचेक्र्याइँ अन्त्य गरी तत्काल लोकमार्गका निम्ति बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको पनि बताए ।

वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने उनको टिप्पणी छ । स्थापना मितिले पार्टी बुढो नहुने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro