site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाल सागरबाट जहाज इजरायल गए आक्रमण गर्ने हुथीको चेतावनी
SkywellSkywell

काठमाडौं । यमनको सिया इस्लामवादी राजनीतिक एवं सैन्य संगठन हुथीले पानी जहाजहरू इजरायलतर्फ गए आक्रमण गर्ने चेतावनी दिएको छ ।

हुथीका एक वरिष्ठ अधिकारीले लाल सागर (रेड सी) हुँदै यात्रा गर्ने जहाजहरूलाई इजरायल र त्यसले कब्जा गरेको क्षेत्रतर्फ यात्रा नगर्न चेतावनी दिएका हुन् ।

KFC Island Ad
NIC Asia

यमनको हुथी सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अली अल हुथीले जहाज इजरायलतर्फ जानबाट रोकिनुपर्ने र यमन पार हुँदै जाने जहाजले रेडियो खुला राखी तुरुन्त हुथीसँग सञ्चार गर्नुपर्ने बताएका छन् ।

उनले आफ्नो पहिचान झुटो बताउने वा जुन देशको हो त्यो भन्दा फरक देशको झन्डा नराख्न पनि चेतावनी दिएका छन् ।

गाजामा इजरायलले गरिरहेको आक्रमणको चपेटामा परेका प्यालेस्टिनीसँग ऐक्यबद्धता व्यक्त गर्दै हुथीले इजरायल जाने जुनसुकै देशको जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् । यस्तै हुथीले अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूलाई इजरायली बन्दरगाहसँग काम नगर्न भनेको छ ।

मंगलबार मात्रै हुथीले एक नर्वेजियन कर्मसियल ट्यांकरमा मिसाइल हानेको बताएको छ । आइतबार हुथीले बेलायती स्वामित्वमा रहेको जापानबाट सञ्चालित एक कार्गो जहाज अपहरण गरेको भिडियो सार्वजनिक गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro