अर्थ व्यवसाय
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आउँदो वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख रुपैयाँ छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्