site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको आग्रह– विपिनलाई छुटाउन सशक्त पहल गरिदिनुपर्‍यो

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार कतारको राजधानी दोहामा भएको भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको शीघ्र रिहाइका लागि सशक्त पहल गरिदिन आग्रह गरेका थिए ।

Dabur Nepal
NIC Asia

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, कतारले खेलिरहेको मध्यस्थकर्ताको भूमिका, कतार र नेपालबीचको सम्बन्धका आधारमा कतारसँग नेपाल सरकारले उच्च आशा गरेको बताएको उनका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिनसहित विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएका थिए । उनले चाँडै सकारात्मक परिणाम आउन सक्ने संकेत गरेको जोशीको भनाइ छ । 

उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणआदि विषयमासमेत कुराकानी गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro