site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीका नाममा ६ महिनामा २५ करोड बढी ठगी 

काठमाडौं । वैदेशिक रोजगार विभागमा पछिल्लो साढे ६ महिनामा वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी परेका छन् । विभागका अनुसार ०८० असार ४ देखि मंसिर २४ गतेसम्मको अवधिमा उक्त उजुरी परेका हुन् ।

बितेको साढे ६ महिनामा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी २६९ संस्थागत र ५९२ व्यक्तिगत उजुरी परेका छन् । ती उजुरीमा पीडितले २५ करोड २८ लाख ८९ हजार ६१३ रुपैयाँ ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध गरेका छन् ।

व्यक्तिगत रूपमा परेका ५९२ उजुरीमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ । व्यक्तिगत उजुरीमध्ये उक्त अवधिमा ६८ वटामा मिलापत्र गरिएको छ । मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाएका छन् ।

व्यक्तिगत रूपमा परेका उजुरीमध्ये ६० वटाको अदालतमा मुद्दा दायर गरिएको छ । अदालतमा दायर मुद्दामा पाँच करोड १७ लाख ८६ हजार ५० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ ।

संस्थागत रूपमा परेका २६९ उजुरीमध्ये १६२ मा मिलापत्र गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । मिलापत्र भएका उजुरीमा पीडितले क्षतिपूर्तिबापत दुई करोड ९२ हजार ६१३ रुपैयाँ पाएका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro