site stats
बाह्रखरी :: Baahrakhari
देश
फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी भएको छ ।      आगलागीबाट पाँच लाख बराबरको क्षति भएको छ । 

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।  

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्