site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिग्रिएको दमकल पठाएको भन्दै विराटनगर महानगर कार्यालय घेराउ

विराटनगर । विराटनगरमा बुधबार भएको आगलागी नियन्त्रण गर्न समयमै दमकल नपठाएको भन्दै स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । विराटनगर महानगरको वारुणयन्त्र शाखामा तत्काल खबर गर्दा समेत ४५ मिनेटपछि मात्र दमकमल आएको स्थानीयको आरोप छ ।

महानगरको दमकल घटनास्थलमा पुगे पनि त्यसले पानी फ्याँक्न सकेको थिएन । त्यसपछि अर्को दमकल ल्याइएको थियो । महानगरको दमकल स्टेसन उक्त घटनास्थलबाट करिब साढे चार किलोमिटर उत्तर मानगढमा अवस्थित छ ।

विराटनगरको आगलागी नियन्त्रणमा लिन पछि इटहरी उपमहानगरपालिका र सुन्दरहरैँचा नगरपालिकाका दमकल ल्याइएको थियो । दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा परी विराटनगर–६ की ५५ वर्षीया सुशीला पासवानको घटनास्थलमै मृत्यु भएको थियो । विराटनगर–६ कै ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनिता कामतको मृत्यु भएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

b2-1701936785.jpg

विराटनगर–६ का दुखा मण्डलले सञ्चालन गरेको कबाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको थियो । महानगरबाट हेलचेक्र्याइँ हुँदा मानवीय क्षति भएको स्थानीय दीपेन्द्र मेहताले आरोप लगाए ।

मृतक दीपककी बहिनी प्रिया मण्डलले महानगरले समयमै दमकल पठाइदिएको भए मानवीय क्षति नहुने बताउँदै भनिन्, “त्यति नजिकैबाट दमकल आउन समय लाग्नु भनेको हेलचेक्र्याइँ नै हो । दमकल आएर पनि पानी फ्याँक्न नसकेर फर्कनुजस्तो ठूलो कमजोरीको जिम्मा कसले लिन्छ ?”

यसैबीच, विराटनगर महागनरपालिकाका मेयर नागेश कोइरालाले विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले निश्चित स्थान तोकेर मात्र कबाडी गोदामलगायत संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिने र सुरक्षा मापदण्डको विषयमा पहिले पनि महानगरले छलफल गरेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro