site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनाभित्र अस्वस्थ प्रतिस्पर्धा बढेको प्रधानसेनापतिको स्वीकारोत्ति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाभित्र अस्वस्थ प्रतिस्पर्धा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । 

मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले चिन्ता व्यक्त गरेका हुन् । 

सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित भएर आफ्नो दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको जनाए ।  प्रधानसेनापति शर्माले भने, “व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न म प्रतिबद्ध छु ।’’

पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको आरोप उनले लगाए । 

अनर्गल प्रचारबाजीतर्फ सकल दर्जालाई सचेत रहन निर्देशन दिँदै उनले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको स्पष्ट पारे । उनले विधि, पद्धति तथा प्रकृया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने समेत जनाए । 

“असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरूको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन,’’ प्रधानसेनापति शर्माले भने । 

प्रधानमन्त्रीसित गोप्य सम्झौता गरेको छैन, राजदूत बन्न लागेको होइन : प्रधानसेनापति

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उमेदवारहरूको उमेर, शैक्षिक योग्यता आदिलाई विषयबस्तु बनाइ अतिरञ्जित तवरले प्रचारबाजी भएको आरोप समेत उनले लगाए । 

शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकताअनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जंगी अड्डाले कारबाही अघि बढाउने गरेको उनले उल्लेख गरे ।

विगतमा जाँचबुझ गर्ने क्रममा केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिँदा उनीहरूलाई आफूले कारबाहीको लागि सिफारिस गरेको उनले बताए । 

संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने र व्यक्तिगत रूपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने सम्बोधनका क्रममा उनले स्पष्ट पारे । 

स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक हुने भनाइ उनको थियो । अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाइ आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न उनले सकलदर्जालाई सुझाव दिएका थिए । 

उनले नेपाली सेनामा सरुवा, बढुवालगायत वृत्तिविकाससम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको जनाए । यसबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन उनले सबैलाई सचेत गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro