site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्रीसित गोप्य सम्झौता गरेको छैन, राजदूत बन्न लागेको होइन : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । उनले आफू राजदूतको नियुक्तिमा जान लागेको भन्ने प्रचार पूर्णतः गलत रहेको पनि बताए ।

मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै उनले आफूले कुनै राजनीतिक दलविशेषलाई खुसी पार्ने काम नगरेको उल्लेख गरे । योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको भन्ने ‘दुस्प्रचार’को उनले खण्डन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

qgfmgm-1701774287.jpg

संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको भन्दै उनले विधि, पद्धति र प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताए । ‘‘असंख्य सिपाहीहरूको रगत–पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन,’’ उनले भने । व्यक्तिगत र संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले दुस्प्रचार गरिएको उनको भनाइ छ ।

उनले युनिट कमान्डरलगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्थाको हितमा समर्पित रहन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ ।

व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्