site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव, पूर्वी नेपालमा विमान उडान/अवतरण प्रभावित हुनसक्ने 
फाइल तस्बिर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । देशको पूर्वी भू–भागमा बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा बदली आएको छ । 

‘मिचाउङ’को प्रभाव पूर्वी भागमा बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “मिचाउङको असर पश्चिम र मध्य नेपालमा खासै पर्ने देखिँदैन,” उनले बाह्रखरीसँग भने, “तर पूर्वी नेपालमा भने यसले हावाको गती बढाइरहेको छ ।” 

हावाको गती बढाउँदा यसले पूर्वी नेपालका भद्रपुर र विराटनगर विमानस्थलबाट हुने उडान प्रभावित हुनसक्ने मौसमविद् अधिकारी बताउँछन् । तीव्र गतिमा हावा चल्ने भएकाले विमान उडान र अवतरणमा समस्या हुनसक्ने उनको भनाइ छ । 

“मिचाउङको प्रभाव र भोलि रहनेछ । त्यसपछि यसको प्रभाव कम हुँदै जानेछ,” उनले भने, “हावाको गति बढाए पनि यसले पानी भने पार्ने छैन ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र लुम्बिनी प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।  देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

“वाग्मतीका केही स्थानमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन,” मौसमविद् अधिकारीले भने । 

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro