site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
१०० किलोमिटरको वायुरक्षा प्रणाली उत्पादन गर्ने योजनामा युक्रेन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

किभ । युक्रेनले १०० किलोमिटरको दूरीमा हवाई खतरालाई रोक्न सक्ने वायुरक्षा प्रणाली उत्पादन गर्ने योजना बनाएको सरकारद्वारा सञ्चालित युक्रेन फर्म समाचार एजेन्सीले रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ ।

त्यहाँका उपरक्षामन्त्री इभान ह्याभ्रिल्युकले अर्को वर्ष युक्रेनले पोर्टेबल एन्टी–एयरक्राफ्ट मिसाइल प्रणालीसहित १०० किलोमिटरभन्दा बढीको दूरीको कोरल प्रकारको वायुरक्षा प्रणाली उत्पादनमा ध्यान दिने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२४ मा युक्रेनले रुससँगको जारी द्वन्द्वका बीच मिसाइल र गोलाबारुदको खरिदका निम्ति कुल १७५ बिलियन रिभनिया (लगभग ४.८ बिलियन अमेरिकी डलर) छुट्ट्याउने हाभ्रिलिकले बताएका छन् ।

लुच डिजाइन ब्युरोद्वारा विकसित, कोरल हवाईजहाज, हेलिकोप्टर, क्रुज मिसाइल, ब्यालेस्टिक मिसाइल र मानवरहित हवाई सवारीलाई नष्ट गर्न सक्षम एक विमानविरोधी मिसाइल हो । कोरल मिसाइलको प्रोटोटाइप पहिलोपटक २०२१ मा सार्वजनिक गरिएको थियो ।

Global Ime bank

हाल युक्रेन आफ्नो आकाशलाई मिसाइल र ड्रोनबाट जोगाउन विदेशी वायुरक्षा प्रणालीमा निर्भर छ । त्यसले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुन सक्ने युक्रेनको बुझाइ छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement