site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोप–२८ मा सहभागी हुन यूएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् ।

त्यसक्रममा उनले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिएको सचिवालयले जनाएको छ ।

निरीक्षणको क्रममा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन बुधबार यूएई गएका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्