site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पेल्न’ खोजिए अन्तिम समयसम्म लड्छु : आरके शर्मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को समानान्तर समितिका अध्यक्ष आरके शर्माले आफूहरूलाई ‘पेल्न’ खोजिए अन्तिम समयसम्म लड्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संगठनको निर्वाचन परिणामको यथार्थ रिपोर्ट सार्वजनिक गर्न पनि आग्रह गरे ।

एनआरएनएको निर्वाचनमा धाँधली गरिएको दोहोर्‍याउँदै उनले सो विषय समाधानका निम्ति अध्यक्ष बद्री केसी पक्ष अग्रसर नभएको आरोप समेत लगाए ।

केही समयअघि काठमाडौंमा भएको एनआरएनएको महाधिवेशनमा धाँधली गरिएको भन्दै शर्मा पक्षले पुनः निर्वाचनको माग गरिरहेको छ ।

“निर्वाचन प्रक्रिया पारदर्शी हुनुपर्छ । प्रणालीमा समस्या देखिएपछि उहाँ (बद्री केसी) समाधानका लागि आउनुपर्‍यो । तर, उहाँहरू हामी थाक्छौँ कि भन्नेमा हुनुहुन्छ,” उनले भने, “संस्था राम्रोसँग अगाडि बढाउनुपर्‍यो, त्यसका लागि म चुनाव नलड्न पनि तयार छु । संस्था बचाउन लागि पर्छु ।”

तर, संस्थालाई सानो घेराभित्र राख्न खोजिए आफूहरू चुप लागेर नबस्ने उनको भनाइ छ । एनआरएनएलाई चार–पाँचजनाको घेरामा सीमित गर्न खोजिएको उनको आरोप छ ।

“२० वर्ष सँगै हुर्केको संस्था भीरतिर लैजान खोज्दा हेरेर बस्न सकिएन,” उनले भने, “उहाँहरूलाई पुनः निर्वाचनमा आउने आँट किन छैन ? किन टेबुलमा आउन सक्नुभएको छैन ? मैले अध्यक्ष हुनैपर्छ भन्ने मान्यता बोकेको हैन ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro