site stats
बाह्रखरी :: Baahrakhari
देश
सांसद महराको धनमाल चोरी
सांसद महेशकुमार महरा । फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।

आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।

“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुईंमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,” उनले भने ।

उक्त घटनाका बारेमा प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्