site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशभर दैनिक एक हजार २०० युनिट रगत माग

काठमाडौं । देशभर दैनिक एक हजार २०० युनिट रगत माग हुने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । काठमाडौंमा मात्रै दैनिक ३५० युनिट माग हुने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग भइरहेको छ । देशभर वार्षिक साढे चार लाख जनसंख्यालाई रगत आवश्यक पर्ने उनको भनाइ छ ।

माग हुनेमध्ये ८५ प्रतिशत रगत विभिन्न शिविरहरूमार्फत आपूर्ति र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरूमा नै आएर दान गर्नेहरूबाट संकलन गर्नुपर्ने अवस्था रहेको निर्देशक पौडेलले बताए ।

Dabur Nepal
NIC Asia

अहिले माग भएअनुसार रगतका लागि रक्तदाताको संख्या पर्याप्त नभएको पौडलको भनाइ छ ।

“नेपालमा कुल जनसंख्याको लगभग दुई प्रतिशत दाताको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशतमात्रै पुगेको छ, सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता छ,” पौडेलले भने ।

बजारमा हाल रगतको अभाव भएको खबर सत्य नभएको नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताए । कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैलाउने काम भएको उनको दाबी छ ।

चाडपर्वहरूमा रगत संकलनमा कमी आउने भएपनि अन्य समयमा खासै कमी नभएको उनको भनाइ छ ।

“रक्तदानका लागि रक्तदाता, समुदायमा रक्तदान गर्ने संघसंस्था र व्यक्तिलाई उत्प्रेरणा गर्नु आवश्यक छ, अहिले यो अलि कमी भएको हो की भन्ने महसुस भएको छ” थापाले भने ।

रगतका विभिन्न समूहमध्ये कुनै एउटा समूहको रगत अभाव हुँदा पुरै बजारमा अभाव भयो भन्ने प्रचार हुने भएकाले कुनै पनि प्रकारको रगत कमी हुन नदिन रेडक्रस लागि परेको उनको भनाइ छ । रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरूको आपसी समन्वय आवश्यक रहेको पनि उनको जोड छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro