site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भागवत खनालको ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक

काठमाडौं । कथा र निबन्ध विधामा कलम चलाउँदै आएका सर्जक भागवत खनालको पहिलो कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न कार्यक्रममा दुई दर्जन कथाहरू समेटिएको सँगालो कथाकार अभय श्रेष्ठ, डा. कपिल उपाध्याय, प्रकाशक विनिता खनाल, कल्पना अधिकारी, सिर्जना तिवारीलगायतले सार्वजनिक गरे ।

तीन दशक लामो निजामति सेवामा रहेर सहसचिवबाट अवकास पाएका खनाल पछिल्लो समय साहित्य सिर्जनामा सक्रिय छन् । उनको यस कथाकृतिले सामाजिक तथा ऐतिहासिक विषयवस्तु समेटेको छ ।

कार्यक्रममा कथाकार अभय श्रेष्ठ, कृतिकार खनाल, केशव थापा, श्रीधर खनाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro