site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन सय बेडसम्मका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सयदेखि  तीन सयसम्म बेड भएका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन अनुमति दिने भएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयस्तरबाट यस्तो निर्णय गरिएको बताए । उनले तीन सयभन्दा माथि रहेका अस्पतालमा एमबीबीएस पढाउन अनुमति दिने बताए । 

बुधबार मन्त्रालयमा आयेजित पत्रकार सम्मेलनमा निर्णय कार्यान्वयनका लागि सरोकारवालाहरूलाई पत्राचार गरिएको बताए । 

यसका लागि आवश्यक जनशक्ति, भौतिक संरचना तथा क्षमताबारे मन्त्रालयमा जानकारी गराउन चिकित्सा शिक्षा आयोग र प्रतिष्ठानहरूमा पत्राचार गर्ने तयारी गरिएको मन्त्री बस्नेतले बताए । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा आफ्नै एक सय बेड भएका अस्पतालहरूले मात्रै प्रमाणपत्र र तीन सय बेड अस्पताल भएका शिक्षण संस्थाहरूले स्नातक तह अध्यापन गराउन पाउने व्यवस्था छ । 

ऐन लागु भएयता पीसीएल नर्सिङ अध्यापन गराइरहेका ६६ वटा कलेज बन्द भएको सीटीईभीटीको तथ्यांक छ । हाल सीटीईभीटीका आंगिक, साझेदारी र निजी गरी देशभर पीसीएल नर्सिङ अध्यापन गराउने ५२ वटा कलेज सञ्चालनमा छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro