site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी प्यालेसमा बसेका दुर्गा प्रसाईंका समर्थक राति निकालिए, सामाजिक सञ्जालमा एमालेको चर्को आलोचना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भोलि हुन लागेको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ ।  प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राति साढे ११ बजेतिर पार्टी प्यालेस पुगेको समूहले त्यहाँ रहेका पाहुनालाई बाहिर निकालेको सञ्चालक तेजबहादुर कुँवरले जानकारी दिए । सार्वजनिक भएको भिडियोमा सुतिरहेका महिलालाई कपडा लगाउन पनि नदिइ हतार हतारमा निकालिएको छ ।

“दुर्गे प्रसाईं...लाई फोन गर्नू लघा¥यो भनेर, यहाँबाट छिटो छिटो गइहाल्नू,” भिडियोमा एक युवाले भनेका छन् । सुतिरहेका महिलाले ‘हामीलाई कपडा लगाउन दिनु न’ भन्दै अनुरोध गरेकी छन् ।  
“तपाईंहरु उठिहाल्नू, छिटो गर्नु छिटो, इटहरीबाट आउनुभएको हो भने त्यतै फर्किइहाल्नु,” भिडियोमा भनिएको छ ।

Global Ime bank

“हामी जान्छौँ तर लुगा लगाउन त दिनु,” सुतिरहेका महिलाले अनुरोध गर्दै भनेकी छन्, “हामी पनि तपाईंहरुकै चेली हौँ ।” दुर्गा प्रसाईं भन्दै उफ्रिँदै ? गर्नेहरुलाई बस्न नदिने चेतावनी उक्त भिडियोमा दिइएको छ ।

भोलि बिहीबार काठमाडौंमा युवा संघ र प्रसाईं दुवैले सभा आयोजना गरेका छन् । पार्टी प्यालेस सञ्चालक तेजबहादुर कुँवरले राति ११ बजे आफूलाई फोन गरेर यहाँ प्रसाईंका समर्थक नराख्न दबाब दिइएको बताए ।

“मलाई राति फोन आएको थियो,” उनले भने, “म सुतिसकेको थिएँ । राति मलाई फोन गरेर बस्न नदिनू भनियो । हामी सेवा गर्न बसेका हौँ । मैले कांग्रेस, एमाले र माओवादी सबैका कार्यकर्तालाई पहिले पनि यसैगरी राखेको हुँ । अहिले सेवा गर्दा किन यस्तो गरियो हामी छलफलमै छौँ ।”

उनका अनुसार अब संघमा छलफल गरेर आफूहरु अघि बढ्ने तयारी भएको छ । प्रसाईंका प्रेस सल्लाहकार सज्जनराज पोखरेलले राति युवा संघका कार्यकर्ताले आफूहरुका समर्थकलाई निकालेपछि गौशालास्थित धर्मशालामा लगेर राखेको बताए ।

“हामीले राति गौशालास्थित धर्मशालामा लगेर राखेका छौँ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने । काठमाडौं प्रहरीले भने दुर्गा प्रसाईं समूहका कसैले पनि अहिलेसम्म उजुरी नगरेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने हरेक नेपालीको अधिकार भएको भन्दै प्रहरीमा उजुरी आए कानुन अनुसार कारबाही हुने बताए ।

युवा संघका प्रवक्ता निरोज पौडेलले बाह्रखरीसँगको कुराकानीमा आफूहरुले दुर्व्यवहार नगरेको बताएका छन् । “युवा संघले होइन । हामी नै अराजकताको विरुद्धमा छौँ । आन्दोलनमा छौँ । हामीले त्यसरी गर्दैनौँ,” उनले भने ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि एमालेको चर्को आलोचना भएको छ ।  एमालेको भ्रातृ संस्था युवा संघदेखि नेतृत्त्वसम्मको चर्को आलोचना भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय