विदेश
काठमाडौं । लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती सहरमा रहेका सांसदहरूका घरलाई निसाना बनाएर आक्रमण गरेको उल्लेख गरेका छन् । लेबनानी संसद्का सदस्य काबालानको घरलाई इजरायली सेनाले निसाना बनाएर आक्रमण गरिएको बताइएको हो ।
इजरायल र लेबनानको हिजबुल्लाहबीच अहिले पनि युद्ध जारी छ । आक्रमणबाट कतिजनाको मृत्यु भयो भन्नेबारेमा हिजबुल्लाहले केही सार्वजनिक गरेको छैन ।
इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० ०९:१२
प्रतिक्रिया दिनुहोस्