site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित जिल्लामा एक हजार अस्थायी आवास बनाउने कांग्रेसको निर्णय
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जिल्लामा एक हजार अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय गरेको छ । पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका स्वयंसेवी युवाको परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री गगन थापाको नेतृत्वमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले १० जनाका दरले २६ समूह परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी टहरा निर्माण गरी भूकम्प पीडितलाई छानामुनी बास बसाउने निर्णय गरेको हो ।

KFC Island Ad
NIC Asia

त्यसका लागि कांग्रेसले एकजना निर्माण विज्ञ र दुईजना मिस्त्रीसहित १० जनाका दरले एकपटकमा १३ समूह परिचालन गर्ने निर्णय गरेको छ । १३ समूह परिचालनका लागि एकजना केन्द्रीय सदस्य र जिल्लाबाट नेतृत्व तोक्ने पनि कांग्रेसको निर्णयमा उल्लेख छ ।

यस्तै, प्रजातान्त्रिक चिकित्सक संघको संयोजनमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरी सामान्य र मानसिक स्वास्थ्य परिक्षणको प्रबन्ध मिलाउने पनि कांग्रेसको निर्णयमा उल्लेख छ । कांग्रेसको शुभेच्छुक संस्था शिक्षक संघको समन्वयमा रोकिएको पठन पाठन संचालनको व्यवस्था मिलाउने र नेपाल विद्यार्थी संघका तर्फबाट चारवटा विद्यालयका लागि अस्थायी संरचना बनाउने उल्लेख छ ।

नेविसंघका तर्फबाट दुईवटा विद्यालयका पक्की भवन आफ्नै खर्चमा बनाएर हस्तान्तरण गर्ने पनि नेपाली कांगेसको निर्णयमा उल्लेख छ । यस्तै, नेपाली कांग्रेसको भातृ संस्था नेपाल ट्रेड युनियन कांग्रेसका तर्फबाट भूकम्प प्रभावित क्षेत्रको अध्ययन गरी अति विपन्नहरूका लागि जीवन निर्वाहको व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ ।

कांग्रेसले श्रमदानमा जाने स्वयंसेवीले आफ्नो खाने र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने, भूकम्पपीडितलाई आर्थिक वा अन्य भार पुर्‍याउन नपाइने तथा आवास तथा विद्यालय निर्माणमा सरकारले दिएको राहत रकमको प्रयोग गर्न नपाउने पनि निर्देशिका बनाएको छ ।

यस्तो छ कांग्रेसको स्वयंसेवी आचासंहिता

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro