site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आतंकवाद प्रतिरोधबारे गृह मन्त्रालयको चासो, सुरक्षा अधिकारीसँग छलफल

काठमाडौं । आतंकवाद प्रतिरोधबारे गृह मन्त्रालयमा छलफल भएको छ । गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकमा चारवटै सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए ।

बैठकमा प्रहरी प्रमुख आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्याल, अनुसन्धान निर्देशक हुतराज थापा र नेपाली सेनाका रथी सीताराम खड्का सहभागी थिए । त्यस्तै, सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य समेत बैठकमा सहभागी थिइन् । 

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार नेपाल भित्रिने र बाहिरिने अवैध लगानीबारे समेत छलफल भएको छ । पछिल्लो समय अवैध रूपमा भित्रिने सुनलगायतमा अवैध लगानी हुन सक्ने आशंका गृह मन्त्रालयको छ ।

यस्तो लगानीमा अन्तर्राष्ट्रिय आपराधिक समूहको हुन सक्ने आंशका गर्दै यसको नियन्त्रणको लागि आवश्यक छलफल भएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro