site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेवार समुदायले मनाए म्हः पूजा
फाइल तस्बिर।

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा मनाएका छन् । यो समदायले भोलि मङ्गलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन् ।

पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिनअगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको र भाइटीका पनि सोहीअनुसार मनाउने भएका हुन् ।

Dabur Nepal
NIC Asia

नेपाल संवत्को नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्‍यालीसमेत यहाँका नेवार समुदायले आजै मनाएका छन् । भक्तपुरका विभिन्न ठाउँबाट भिन्तुना र्‍याली आयोजना गरेका थिए ।

तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाले ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि आज म्हः पूजा र भोलि २८ गते भाइटीका लगाउने निर्णय सार्वजनिक गरेपछि यहाँका समुदायले सोहीअनुसार पर्व मनाएका हुन् ।

पञ्चाङ्ग निर्णायक समितिले आज २७ गते गाई तिहार, २८ गते गोवद्र्धन तथा म्हः पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुरमा भने एक दिनअगाडि नै यो पर्व मनाएका हुन् ।

भक्तपुर नगरपालिकाले भने २६ गते अपराह्न २ बजेर १४ मिनेटपछि औँसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपराह्न २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकाले त्यस दिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपराह्न २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकाले सो दिन किजा पूजा अर्थात् भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेअनुसार यो पर्व मनाउन लागिएको हो ।

म्हः अर्थात् आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैँलाई पूजा गरी सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरी आफ्नो आत्मालाई चिनेर आत्मशुद्धि गरी ज्ञानको ज्योति फलाउने कामनासहित म्हः पूजा मनाउने गरिन्छ ।

म्हः पूजा साँझ घरका सबै सदस्य एकै ठाउँमा लामबद्ध बसेर आफैँले आफ्नो पूजा गर्ने परम्परा छ । ठूला दैवी प्रकोपबाट आफूले आफैँलाई बचाउने शक्ति प्राप्त गर्न पनि म्हः पूजा गर्ने परम्परा रहेको बताइन्छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro