site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजतन्त्रको मुद्दा थोत्रो भइसक्यो, आन्दोलन गर्न खोज्नुले गम्भीर प्रश्न उठायो : खनाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध नभएको गुनासो आएको उल्लेख गरे । उनले राहत र पुनःस्थापनाका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

भविष्यमा विपद्बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमै आवश्यक पूर्वतयारी गर्नुपर्ने उनले बताए ।

राजतन्त्रको मुद्दा थोत्रो भइसकेको र यसको कुनै अर्थ नहुने उनको भनाइ छ । जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने उनको धारणा छ । ती एजेन्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको उनले बताए ।

अहिले देशलाई हाँक्ने शक्ति मुलुकको ज्वलन्त समस्या समाधान गर्न गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro