site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएले स्वास्थ्य शिविर चलाउने

लन्डन । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले शनिबार निम्ना गाउँ, जाजरकोटमा सो शिविर गर्ने तयारी गरेको हो ।

संघले मेडिकल, स्वास्थ्य र मानसिक स्वास्थ्य सहायता उपलब्ध गराउन लागेको हो ।  बिहान १० बजेदेखि सुरु हुने सो शिविरमा डा. भूपेन्द्र मल्ल, डा. प्रभात अधिकारी र डा. समीक्षा मल्लको चिकित्सकहरुको टोली खटिएको छ ।

यसअघि, संघका अध्यक्ष डा. बद्री केसीको टोलीले सो क्षेत्रमा भूकम्पबाट प्रभावितहरुको लागि राहत सामग्री वितरण गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro