देश

काठमाडौं । प्रहरीले मनोज मानव भनिने सिरहा लहानका मनोज कुमार महतोलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ । बुधबार पक्राउ परेका मनोजलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
मनोजलाई प्रहरीको साइबर ब्युरोको टोलीले टिकटक तथा फेसबुकमार्फत एक महिलाको चरित्र हत्या हुने खालको भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरेको थियो ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा चलाएर अनुसन्धान भइहरेको ब्युरोका एसपी पशुपती कुमार रायले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्