site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दिमाग खराब’को गीत ‘हजुरी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्दरचना तथा संगीत छ । 

गीतमा स्वर जयन र मीना निरौलाको छ । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् । दयाहाङ राईलगायत  कलाकारलाई पनि भिडियोमा देख्न सकिन्छ ।

Dabur Nepal
NIC Asia

निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ । चलचित्रमा सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारको अभिनय छ । 

 निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एउटा गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र  राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro