site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राम्रो काम गरेकाले मेरो विरोध सुरु भयो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध सुरु हुन थालेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसलाई प्रवाह नगरी कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए ।

उनले १६ वर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफू मन्त्रालयमा आएपछि पास गरेको र रणनीतिअनुसार काम गर्ने वातावरण बनेको दाबी गरे । मन्त्री बस्नेतले १०० दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रशंसा पाएको समेत बताए । उनले सबैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले विश्व स्वास्थ्य दिवसका अवसरमा रंगशालामा भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा मन्त्री बस्नेतले चार महिनाकी गर्भवती नविना शाहीलाई पोषण सामग्री प्रदान गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro