अर्थ व्यवसाय
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी बिहीबारदेखि काठमाडौंमा एसिया स्तरीय बैंकिङ सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलन दुई दिनसम्म चल्ने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सम्मेलनमा एसियाली क्षेत्रका बैंकिङको वर्तमान अवस्था र आगामी बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा २५ देशको सहभागिता हुने बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । हालसम्म विभित्र देशका ७० जना बैंकर्सले सहभागी हुन प्रतिबद्धता जनाएका छन् । उनका अनुसार केही बैंकर्सहरू काठमाडौंमा आइसकेका छन् ।
यो सम्मेलनले हाल बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका लागि अपनाउनुपर्ने उपाय खोजिने उनले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्