अर्थ व्यवसाय
काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम फाइबरनेट)ले नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारी गर्ने सम्झौता गरेको छ ।
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल खेललाई समर्थन गर्न क्यानसँग साझेदारीको सम्झौता गरेको हो ।
डिसहोम फाइबरनेटका उपाध्यक्ष रमेश सापकोटा र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच शुक्रबार सम्झौतापत्र आदान प्रदान भएको छ ।
सम्झौता पछि डिसहोम फाइबरनेटका कार्यकारी उपाध्यक्ष सापकोटाले आफूहरू नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित बताएको बताए ।
त्यस्तै डिसहोमले यो खेलमा क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १६:३०
प्रतिक्रिया दिनुहोस्