site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आँधीले बेलायतमा ठूलो मात्रामा विद्युत् कटौती, विद्यालय बन्द

काठमाडौं । बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् ।

डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित भएको बताइएको छ ।

Dabur Nepal
NIC Asia

आँधीका कारण ज्यान गुमाउन सक्ने चेतावनी दिइएपछि दक्षिणी इंग्ल्यान्डका ३०० भन्दा बढी विद्यालय बन्द गरिएको छ । आज पनि केही विद्यालयहरू बन्द रहने बताइएको छ ।

जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त भएपछि स्थानान्तरण गरिएको थियो । हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा (लगभग १६७ किलोमिटर प्रतिघण्टा)मा पुगेको थियो ।

सरकारले आँधी नरोकिएसम्म स्थानीलाई घरभित्रै रहन आग्रह गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro