राजनीति
काठमाडौं । राष्ट्रियसभा बैठकमा चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराइएको छ । बिहीबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराएका हुन् ।
उनले राष्ट्रियसभाको चालु १४औँ अधिवेशन बिहीबार (आज) राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे ।
“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० कात्तिक १६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल कात्तिक १६ गते बिहीबार राति १२ बजेबाट अन्त्य हुनेछ । राष्ट्रियसभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने गरी यो बैठक अन्त्य भएको घोषणा गर्दछु ।”
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १६:२१
प्रतिक्रिया दिनुहोस्