site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्पतालमा बम हान्ने भन्दै खाली गर्न इजरायलको धम्की

काठमाडौं । इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न चेतावनी दिएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । अल–कुड्स अस्पतालमा बम विस्फोट गराउने भन्दै इजरायली सेनाले धम्की दिएको रेड क्रिसेन्टले जनाएको हो ।

अस्तापलको आईसीयूमा बिरामी र इन्क्युबेटरमा नवजात शिशुहरू रहेका र उनीहरूलाई सार्न असम्भव हुने सो संगठनले जनाएको छ ।

Dabur Nepal
NIC Asia

गाजाको तल अल–हवा क्षेत्रमा रहेको सो अस्पताल प्रशासनले ५० मिटर पर बिहानैदेखि बम खसिरहेको जनाएको छ । अस्पताल र अस्पताल परिसरमा करिब १४ हजार मानिसले आश्रय लिएका बताइएको बीबीसीले जनाएको छ ।

यसअघि, अक्टोबर १७ मा इजरायलले अल–अहली अरब अस्पतालमा विस्फोट गराएको र त्यहाँ ५०० जनाको मृत्यु भएको प्यालेस्टाइनी पक्षले जनाएको छ ।

गाजामा मानवीय सहायतालाई अनुमति दिइएयता आइतबार ३० ट्रक त्यहाँ प्रवेश गरेका बताइएको छ ।

अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा गाजामा आठ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको र २३० जनालाई हमासले बन्धक बनाएको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro