देश
काठमाडौं । सोमबारदेखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो)को पूर्ण बैठकमा सहभागी हुन स्वास्थ्यमन्त्रीको टोली भारत प्रस्थान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्यसचिव डा.रोशन अतिरिक्त सचिव डा. विकास देवकोटासहित पाँचजनाको टोली आइतबार बिहान भारतको नयाँ दिल्ली गएको हो ।
सो बैठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्वका लागि उमेदवारी दिएका नेपालका डा.शम्भुप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेदमध्ये एकजनालाई छनोट गर्नेछ ।
बैठक आइतबारदेखि चार दिन अर्थात् ३० अक्टोबरदेखि २ नोभेम्बरसम्म चल्नेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्