site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यकामा प्रहरीको ११ सय गस्ती, ललितपुरमा ड्रोनबाट निगरानी 
फाइल तस्बिर ।

काठमाडौं । चाडपर्वमा उपत्यकाको सुरक्षा अवस्था मजबुद पार्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना ल्याएको छ । जसअन्तर्गत प्रहरीले बिहानदेखि रातिसम्म नै गस्ती गर्ने गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाका अनुसार दसैँ तिहार लगायतका चाडपर्व सुरक्षित पार्न विभिन्न ठाउँको सीसीटीभीमार्फत निगरानी गर्नेदेखि गस्ती समेत बढाइएको हो ।

त्यस्तै, काठमाडौं भित्रिने र बाहिरिने नाकाहरूमा चेकिङमा समेत कडाइँ पारिएको छ ।

उपत्यकाको सुरक्षाको लागि रानीपोखरीले नियमित ड्युटीमा रहेको बाहेक थप सात हजार प्रहरी परिचालन गरिएको एआईजी थापाको भनाइ छ । जसमध्ये एक हजार ४५ गस्ती टोली हुने उनले बताए ।

ललितपुरमा ड्रोनबाट निगरानी
प्रहरीले ललितपुरमा दसैँमा कुनैपनि आपराधिक घटना हुन नपाओस् भनेर ड्रोनमार्फत समेत निगरानी गर्न थालेको छ ।

विभिन्न भिडभाड हुने क्षेत्र र धार्मिक स्थलहरूको निगरानीको लागि ड्रोन मार्फतसमेत निगरानी बढाइएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।

ड्रोनबाहेक अपराध अनुसन्धानमा खटिने तालिम प्राप्त कुकुरसमेत परिचालन हुने उनको भनाइ छ ।

ललितपुर प्रहरीले नियमित ड्युटीमा खटिने प्रहरीबाहेक थप एक हजार ५०० प्रहरी परिचालन गरिएको एसएसपी शाहले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro