site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेटा भीले ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने

काठमाडौं । सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको नेटा भीको सवारी साधनमा २० प्रतिशतको डाउनपेमेन्ट सहज रूपमा कर्जामा उपलब्ध हुने भएको छ । 

गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाले जारी विज्ञप्तिमा उल्लेख छ । प्रभु बैंक, कामना सेवा बैंक, एनएमबि बैंक र नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ ।

यस अफर देशभर सबै सोरुममा लागु हुनेछ ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता छ ।
 
करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८०  किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । 

विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले एक लाख ५० हजार किलोमिटर तथा आठ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro