site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म आउन गाडीको व्यवस्था
Sarbottam CementSarbottam Cement

काठमाडौं । युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगेका छन् । 

भारत सरकारको ‘अपरेशन अजय’अभियानमार्फत १८ जना नेपाली भारत आइपुगेका हुन् । जसमा १३ जना कामदार, चारजना विद्यार्थी र एकजना पर्यटक भिसामा इजरायल गएका व्यक्ति छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्माले इजरायलबाट उद्धार गरेका नेपालीलाई दिल्ली विमानस्थलमा स्वागत गरेका थिए । शर्माले उनीहरुलाई नेपाल जान यातायातको व्यवस्था गरिएको जानकारी दिए ।

इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत १८ नेपाली स्वदेश फर्कँदै गरेको जानकारी मंगलबार दिएको थियो । 

Global Ime bank

यसअघि नेपाल सरकारले नेपाल एयरलायन्सको विमानबाट  इजरायलमा रहेका २५३ जना विद्यार्थीलाई स्वदेश फिर्ता ल्याएको थियो । 

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । चार जना घाइते भएका थिए भने एक जना अझै सम्पर्कविहीन छन् । परराष्ट्र मन्त्रालयले सम्पर्कविहीन रहेका विपिन जोशीको खोजीकार्य भइरहेको जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement