site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनिलिभरले दियो हालसम्मकै उच्च लाभांश

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने भएको छ । 

कम्पनीको असोज २६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रतिकित्ता एक हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

३० वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त लाभांश घोषणा गरेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता एक हजार २१५ रुपैयाँ लाभांश दिएको थियो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । 

मंसिर ११ गतेसम्म यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro